निर्वाचनमा पराजयपछि पार्टी पुनर्गठनको तयारीमा एमाले
सारांश
- नेकपा एमाले निर्वाचनमा पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको छ।
- पार्टीले वडादेखि जिल्ला तहसम्मको प्रतिवेदन र कार्यकर्ताको सुझावका आधारमा संस्थागत दृष्टिकोण तय गर्दैछ।
- समीक्षापछि पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गर्ने तयारी गरिएको छ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू निर्वाचनमा पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको बताएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको जानकारी दिए ।
प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ।
निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत सङ्कलन गरिरहेको उनले बताए ।
यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने महासचिव पोखरेलले बताए ।
निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने उनको भनाइ छ।
यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई अनुरोध समेत गरिएको छ।
गत फागुनमा भएकाे प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले २५ सिटमा खुम्चिएकाे थियाे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण