काठमाडौँ प्रहरीमा एक महिनामा ११ सय ६६ मुद्दा दर्ता, हुन्डी र क्रिप्टो कारोबारमा प्रहरीको सक्रियता
सारांश
- जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र महिनामा ११ सय ६६ वटा अपराधका मुद्दा दर्ता भएको विवरण सार्वजनिक गरेको छ ।
- प्रहरीले हुन्डी, क्रिप्टोकरेन्सीको अवैध कारोबार र लागुऔषधको सञ्जालमाथि कारबाही गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।
- साइबर अपराध तथा अनलाइन सपिङ ठगीका घटनाहरू बढ्दो क्रममा देखिएका छन् ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । एक महिनाको अवधिमा मात्रै ११ सय ६६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्, जसमा आर्थिक अपराधको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरीले यस अवधिमा हुन्डी, क्रिप्टोकरेन्सीको अवैध कारोबार र लागुऔषधको ठुलो सञ्जालमाथि कारबाही गर्दै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको चैत्र महिनाको प्रगति विवरणअनुसार दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा बढी ५६४ वटा आर्थिक अपराधसँग सम्बन्धित छन् । यसैगरी, २१४ वटा जघन्य तथा गम्भीर प्रकृतिका, ४६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र ३४२ वटा अन्य मुद्दाहरू दर्ता भएका छन् ।
साइबर अपराध र अनलाइन ठगीका घटना पनि बढ्दो क्रममा छन् । एक महिनामा मात्रै साइबर अपराध सम्बन्धी २६१ वटा निवेदन परेकोमा सबैभन्दा बढी सय वटा उजुरी अनलाइन सपिङ ठगीसँग सम्बन्धित छन् । त्यसपछि ओटीपी फ्रड/एकाउन्ट ह्याक ४० वटा र पार्सल गिफ्ट ३० वटा निवेदन दर्ता भएको छ ।
विज्ञप्तिअनुसार यस अवधिमा फैसला कार्यान्वयनतर्फ ३७८ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने ८९४ जनालाई विभिन्न चालु मुद्दामा पक्राउ गरिएको छ । साथै, ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दुःख दिएको आरोपमा २० जना युगान्डाका नागरिकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
प्रहरीले चैत्र महिनामा २७३ जना मानिस हराएको निवेदन परेकोमा १५९ जना फेला परेको र ४६ जनाले आत्महत्या गरेको तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण