केम्यान आइल्मायाण्डमा लन्डन दूतावासको पहिलो नेपाली उच्चस्तरीय भ्रमण
सारांश
- बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले केम्यान आइल्याण्डको पहिलो उच्चस्तरीय भ्रमण गरेका छन्।
- भ्रमणका क्रममा उनले गभर्नर जेन ओवेनसँग भेट गरी त्यहाँ कार्यरत नेपालीहरूको हकहित र सुरक्षाका विषयमा छलफल गरेका छन्।
- लन्डनस्थित नेपाली दूतावासले केम्यान आइल्याण्डमा बसोबास गर्ने नेपालीहरूका लागि घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन गरेको छ।
लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक केम्यान आइल्याण्डको उच्चस्तरीय भ्रमण गरेका छन् । नेपाल सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उनले केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनसँग भेटवार्ता गरे । गभर्नर ओवेन बेलायती राजा चार्ल्स तृतीयका प्रतिनिधि हुनुका साथै त्यहाँको सरकार प्रमुखको भूमिकामा रहन्छिन् । उक्त भेटमा त्यहाँ बसोबास गर्ने र रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, उनीहरूको योगदान र भविष्यमा हुनसक्ने सम्भावनाहरूबारे छलफल भयो ।
कार्यवाहक राजदूत दुवाडीले केम्यान आइल्याण्डमा कार्यरत नेपाली नागरिकहरूको हित, सुरक्षा र कल्याणका विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूको हकहित संरक्षणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, गभर्नर ओवेनले केम्यान आइल्याण्डमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरूले सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिकाको सह्राना गरिन् ।
भेटवार्ताले केम्यान आइल्याण्डमा रहेका नेपालीहरूको अवस्था सुधार तथा द्विपक्षीय सहकार्य थप सुदृढ गर्ने दिशामा सकारात्मक सन्देश दिएको बताइएको छ । यो भ्रमण केम्यान आइल्याण्डमा नेपाल सरकारको तर्फबाट भएको पहिलो उच्चस्तरीय औपचारिक भ्रमण पनि हो। यस क्रममा कार्यवाहक राजदूत दुवाडीले रोजगार तथा अध्यागमन मन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसैबीच, लण्डनस्थित नेपाली राजदूतावासले केम्यान आइल्याण्डमा बसोबास गर्ने करिब २ हजार नेपाली नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै अप्रिल १४, २०२६ मा जर्ज टाउनमा विशेष घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरमार्फत राहदानी नवीकरण तथा कन्सुलर सेवा स्थानीय स्तरमै उपलब्ध गराइएकाले त्यहाँ रहेका नेपालीहरूलाई ठूलो सहजता भएको दूतावासले जनाएको छ। नेपाली दूतावासमा धाउन असहज हुने भएकाले विभिन्न स्थानमा लन्डन दूतावासले विशेष घुम्ती सेवा उपलब्ध गराउंदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण