आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

साढे ४ करोड ठगेको आरोपमा दुई जना पक्राउ

बिहीबार, ०३ वैशाख २०८३, १२ : ५१
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • काठमाडौँबाट साढे ४ करोड ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कास्की पठाइएको छ।

काठमाडौँ। प्रहरीले काठमाडौँबाट ४ करोड ५० लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र काठमाडौँको टोखा नगरपालिका–७ घर भएका ५८ वर्षीय टिका पङ्गेनी छन् । 

आरोपीहरूलाई बुधवार टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । 

कमलप्रसाद ज्ञवालीले दिएको जाहेरीको आधारमा आरोपीहरू विरुद्ध चैत ५ का कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप