बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने रास्वपाको निर्णय

बिहीबार, ०३ वैशाख २०८३, १३ : ५९
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।
  • लेखा समितिको सभापति पदका लागि कांग्रेसका भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा देखाएका छन्।

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । 

कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखेका छन् । 

तर, कांग्रेस सभापति गगन थापाको चाहना रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दिन चाहेका छन् ।  यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।  बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप