अभिनेता पल शाहले सुर्खेतमा खोले बाल आश्रम
सुर्खेत । नेपाली सिने क्षेत्रका अभिनेता पूर्णविक्रम (पल) शाहले वीरेन्द्रनगरमा बाल आश्रम सञ्चालनमा ल्याएका छन् ।
बिहीबार एक कार्यक्रमकाबिच कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बाल आश्रम उद्घाटन गरेका हुन् ।
कर्णाली प्रदेशको सुर्खेतमा अनाथ, असहाय तथा पीडित बालबालिकाहरूको शिक्षा, पालनपोषणका लागि ‘बाबा आमा फाउन्डेशन’को व्यवस्थापनमा अभिनेता शाहको ‘हामी छौँ फाउन्डेसन’ले बाल आश्रम सञ्चालनमा ल्याएको हो।
उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले मानवता प्रवर्द्धन र सामाजिक कार्यका लागि सरकारी योजनालाई यस्ता कामले सहयोग प्राप्त हुने अपेक्षा गरे। आश्रम वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा खोलिएको हो । फाउन्डेशनका अध्यक्षसमेत रहेका अभिनेता शाहले यस्तो शाखा नेपालभर नै स्थापना गरिने बताए ।
‘निमुखा, गरिब र विपन्न बालबालिकाको रक्षार्थ हामीले यो काम गरेको हो,’ शाहले भने, ‘म सानैदेखि सामाजिक काम गर्न रुचाउने व्यक्ति हो । त्यसैले यी सामाजिक कार्य अघि बढेका हुन् ।’
यस्तो कार्यमा प्रदेश र स्थानीय सरकारबाट पनि सहयोग रहने उनले अपेक्षा गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण