शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

बिहीबार, ०३ वैशाख २०८३, १६ : ४५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सडक दस्तुर सङ्कलनका लागि 'आरएफआईडी' ट्याग जारी गर्न अनुमति दिएको छ।
  • यो व्यवस्थाले सवारी साधनहरू टोल प्लाजामा नरोकी स्वतः डिजिटल भुक्तानी गर्न सहज बनाउनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

नयाँ निर्देशनअनुसार अब अनुमतिपत्र प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर सङ्कलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ जारी गर्न सक्नेछन् ।

यस व्यवस्थाले सडकमा दस्तुर तिर्नका लागि सवारी साधन लामो समय लाइन बस्नुपर्ने झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । सवारी धनीले बैंकबाट यस्तो प्रिपेड ट्याग वा कार्ड लिएर आफ्नो सवारीमा जडान गरेपछि टोल प्लाजाहरूमा सवारी नरोकीकन स्वतः दस्तुर भुक्तानी हुनेछ ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीति अनुरूप राष्ट्र बैंकले यो कदम चालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप