विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
सारांश
- देशका विभिन्न जिल्लाहरूमा बिहीबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौँ, जाजरकोट, पाँचथर र रुपन्देहीमा उक्त शवहरू फेला परेको प्रहरीले जनाएको छ।
- मृतकहरूको पहिचान र मृत्युको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, जाजरकोट, पाँचथर र रुपन्देहीमा ४ जना मृत फेला परेका हुन् ।
काठमाडौँ महानगरपालिका– २४ चोखाछें गल्लीस्थित गणेश मन्दिर अगाडि खाली जग्गामा अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम,थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै,जाजरकोटको छेडागाड नगरपालिका–१२ किदुरस्थित छेडा खोलामा पनि अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार मृत फेला परेका उनको पनि नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
उता,पाँचथरको फिदिम नगरपालिका– १३ फेजुङ बस्ने ५७ वर्षीय गौतमकुमार नेम्वाङ घर नजिकै बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ भुवरी बस्ने ७३ वर्षीय राम शङ्कर नाउँ पनि मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित तिनाउ खोलामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण