धुमधामसँग मनाइयो बिस्का जात्रा, तस्बिरहरू
काठमाडौँ । टोखामा बिस्काः जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आकर्षणको रूपमा लिइन्छ।
यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ।
टोखामा प्राचिनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु (पुजारी) थियो । किंवदन्ती अनुसार एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् । पुजारी पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनु पर्नेमा आत्तिएर आफ्नै मुखमा हाली छिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो ।
तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिको लागि विस्का जात्रा सुरु गरेको किंवदन्ती रहेको छ ।
आठ रात नौ दिन मनाइने जात्रामा बिहीबार विधिपूर्वक पूजाआजा गरी सिँगारिएको गणेश, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको खत सरस्वती चौरस्थित नारायण पोखरीमा स्नान गराएका छन् । टोखावासीले गहना खोज्ने अर्थमा लिने यसलाई जात्राको मुख्य आकर्षणकाे रूपमा लिइन्छ । जात्राको रौनक हेर्न घुइँचो लागेको थियो।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण