पेट्रोलभन्दा किन माथि पुग्यो डिजेलको भाउ ?
काठमाडौं । डिजेलको भाउ पेट्रोलको भन्दा माथि पुगेको छ । नेपाल आयल निगमले बुधबार समायोजन गरेको नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम २१९ रुपैयाँ कायम हुँदा डिजेलको मूल्य भने २३७ रुपैयाँ पुगेको छ ।
यसरी डिजेलको भाउले पेट्रोललाई उछिनेको घटना सम्भवतः पहिलोपटक हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्याय आफूलाई डिजेल महँगो भएको अहिलेसम्म थाहा नभएको बताउँछन् ।
किन महँगो बन्यो डिजेल ?
पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन सबै कच्चा तेल (क्रुड आयल) बाटै बन्ने हुन् । अहिले पश्चिम एसिया द्वन्द्वले क्रुड आयल महँगिदा यसको मूल्य स्वाभाविक रुपमा बढेको छ । तर डिजेलको मूल्य बढ्नुको कारण भने यसको माग पक्ष रहेको आयल निगमका पूर्व नायब कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् ।
पेट्रोल तुलनात्मक रुपमा हलुका सवारी साधन र घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले मूल्य बढ्नेबित्तिकै माग घट्छ । तर डिजेलमा त्यस्तो हुँदैन । यो हेभी सवारी साधन र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएकाले यसको माग मूल्य बढ्नेबित्तिकै नघट्ने भट्टराई बताउँछन् ।
अमेरिका–इरान युद्धपछि यतिबेला पश्चिम एसियामा रहेका रिफाइनरीमा समेत क्षति पुगेको छ । पश्चिम एसियाली मुलुकका क्षति नभएका रिफाइनरीबाट पनि तयारी तेल आउन नसक्दा यसले मूल्य बढाएको भट्टराई बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण