उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
सारांश
- उदयपुरको चौदण्डीगढीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
- दुर्घटनामा घाइते भएका दुवैको अवस्था चिन्ताजनक रहेको र उनीहरूलाई उपचारका लागि धरान पठाइएको छ।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ।
उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा चोक नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र३-०१-००६ ख ०३७५ नम्बरको ट्रक र विपरित दिशा रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १-०५-००२ प १६०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक रहेको र उनीहरूको नाम तथा ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। हाल घटनास्थलमा प्रहरीले मुचुल्का उठाएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण