काभ्रेस्थलीमा महिलामाथि कुटपिट गरी लुटपाट गर्ने चारजना पक्राउ
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिकामा महिलालाई कुटपिट गरी लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले पीडित महिलालाई एक्लो फेला पारी कानको सुनको रिङ लुटेर फरार भएका थिए।
- नियन्त्रणमा लिइएका चारै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको छ।
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकामा महिलालाई कुटपिट गरी लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने एक महिलालाई आक्रमण गरी उनले कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल तारकेश्वर-५ बस्ने ३४ वर्षीय शंकर बहादुर तामाङ, तारकेश्वर-८ का ५० वर्षीय राजु तामाङ, तारकेश्वर-४ का ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर-५ का ४३ वर्षीय प्रेम तामाङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न लुकिछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको हो।
पीडित महिलालाई एक्लो फेला पारी शारीरिक चोट पुर्याउँदै जबर्जस्ती सुनका गहना तानेर उनीहरू भागेका थिए। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण