सोमबारदेखि सेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने
सारांश
- नेपाल धितोपत्र बोर्डको नयाँ व्यवस्थासँगै अब सोमबारदेखि सेयरको दैनिक मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने भएको छ।
- बजार बन्द हुने सीमा पनि परिवर्तन गरी अब ८ प्रतिशत घटबढ भएपछि मात्रै बजार बन्द हुने व्यवस्था गरिएको छ।
- प्रि-ओपन सेसनमा पनि मूल्य घटबढको सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ।
काठमाडौँ । सेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार विनियमावलीमा चौथो संशोधन गर्दै सेयरको दैनिक घटबढको सीमा बढाएर १५ पुर्याएसँगै साे व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।
अहिले एउटा स्क्रिप एक दिनमा बढीमा १० प्रतिशतसम्म मात्रै घट्न वा बढ्न पाउने व्यवस्था थियो । मंगलबार बसेको नेप्से सञ्चालक समितिको बैठकले विनियमावली संशोधनको निर्णय गरेको थियो । शुक्रबार उक्त निर्णय कार्यान्वयनका लागि बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको छ । त्यसैले आगामी सोमबारदेखि यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।
त्यस्तै,अब बजार ८ प्रतिशत घटबढ भएपछि मात्रै बन्द हुने भएको छ । पहिलो २ घण्टाभित्र ५ प्रतिशत घटबढ भएमा १५ मिनेट कारोबार स्थगित गरिनेछ भने त्यसपछि ८ प्रतिशत घटबढ हुँदा मात्रै बजार बन्द हुने व्यवस्था गरिएको छ ।
यसअघि ६ प्रतिशतमा बजार बन्द हुने गरेको थियो । सुरुको ४ प्रतिशत घटबढ हुँदा २० मिनेट, ५ प्रतिशत तलमाथि हुँदा ४० मिनेट बन्द गर्ने व्यवस्था अहिले छ ।
त्यसैगरी, नेप्सेले प्रि–ओपन सेसनको व्यवस्थामा पनि संशोधन गरेको छ। बिहान १०ः ३० देखि १०ः ४५ सम्म चल्ने यो सेसनमा अब सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यस्तो सीमा २ प्रतिशत मात्र थियो।
बजार खुल्ने बित्तिकै सेयर मूल्य लक हुने समस्यालाई कम गर्न र वास्तविक माग तथा आपूर्तिको चापलाई सन्तुलनमा ल्याउन यो व्यवस्था गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण