भारतीय सीमावर्ती क्षेत्रमा नेपालीले कति पाउँछन् इन्धन ?
सारांश
- नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाली सवारी साधनहरू इन्धन भर्न भारतीय सीमावर्ती क्षेत्रमा जान थालेका छन्।
- भारतीय प्रशासनले इन्धनको अभाव रोक्न नेपाली सवारी साधनलाई दुई पाङ्ग्रेका लागि ३ लिटर, साना चार पाङ्ग्रेका लागि १० लिटर र ठूला सवारीका लागि २० लिटर इन्धनको सीमा तोकेको छ।
- इन्धन लिन लामो लाइन लाग्दा सीमा क्षेत्रमा भारतीय स्थानीय र नेपाली चालकबीच विवाद बढ्न थालेको छ।
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपछि भारतीय सीमावर्ती क्षेत्रमा नेपाली सवारी साधनको भीड बढ्न थालेको छ । जसका कारण सीमा क्षेत्रका भारतीयहरूले समेत पेट्रोलियम पदार्थको अभाव झेल्न थालेका छन् ।
नेपालमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको तुलनामा भारतीय सीमावर्ती क्षेत्रमा मूल्य निकै कम छ । मूल्यको यही ठुलो अन्तरको फाइदा उठाउन नेपालीहरू सवारी साधन लिएर सीमावर्ती क्षेत्रमा जान थालेका छन् ।
स्थानीय जनताको समस्या र इन्धनको कालोबजारीलाई रोक्न भारतीय विहार नौतनवाका एसडीएम नवीन प्रसादले कडा आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा पनि अब नेपाली सवारी साधनलाई सीमित मात्रामा इन्धन दिइने भनिएको छ ।
दुई पाङ्ग्रे सवारी साधनलाई अधिकतम ३ लिटर, साना चार पाङ्ग्रे सवारीलाई अधिकतम १० लिटर र ठुला सवारी साधनलाई अधिकतम २० लिटर मात्र डिजेल वा पेट्रोल उपलब्ध गराइने जनाइएको छ ।
इन्धनको अभावका कारण सीमा क्षेत्रमा विवाद समेत बढ्न थालेको छ । लामो समयसम्म लाइनमा बस्नुपर्दा स्थानीय बासिन्दा र नेपाली सवारी चालकहरूबिच प्रायः भनाभन हुने गरेको छ ।
स्थानीय बासिन्दाले भारतीय र नेपाली सवारीका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुनुपर्ने र स्थानीय उपभोक्तालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण