अपडेट
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु, १८ घाइते
शनिबार, ०५ वैशाख २०८३, २० : ०४
सारांश
- सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
- दुर्घटनामा परी १८ जना गम्भीर घाइते भएका छन्।
सुर्खेत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सल्यान प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा भएको उक्त दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परी तीन जनाको ज्यान गएको र घाइते १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सल्यान प्रहरीको सञ्चार शाखाले घटनाबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण