ओमान, स्कटल्याण्ड र अमेरिकासँग खेल्ने ‘नेपाल ए’ टोलीको घोषणा, ३२ खेलाडी समेटिए
सारांश
- नेपाल क्रिकेट संघले ओमान, स्कटल्याण्ड र अमेरिकासँगको श्रृंखलाका लागि ३२ सदस्यीय 'नेपाल ए' टोली घोषणा गरेको छ।
- यो श्रृंखला आगामी अप्रिल २२ देखि मे ११ सम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
- टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात र सहायक प्रशिक्षकमा प्रकाश शर्मा नियुक्त भएका छन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड र अमेरिकासँगको क्रिकेट श्रृंखलाका लागि ‘नेपाल ए’ टोलीको घोषणा गरेको छ। आगामी अप्रिल २२ देखि मे ११, सम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त श्रृंखलाका लागि क्यानले सोमबार ३२ सदस्यीय टोली सार्वजनिक गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाले श्रृंखलाका लागि छानिएका खेलाडीहरूमा तृतराज दास, देव खनाल, शङ्कर राना, ईशान पाण्डे, अरनिको यादव, विवेक राना मगर, अनिलकुमार साह र अर्जुन घर्तीमगर रहेका छन् । त्यसैगरी टोलीमा नारायण जोशी, रसिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रतिश जीसी र कुशल मल्ललाई पनि समावेश गरिएको छ।
बन्द प्रशिक्षण र खेलका लागि युवराज खत्री, विपिन खत्री, दिपेश कँडेल, शेर मल्ल, रुपेश सिंह, सुभ कंसकार, पवन सराफ, सागर ढकाल, दीपक प्रसाद डुम्रे, साहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिषेक गौतम छनोट भएको जानकारी दिए ।
नेपाल ए टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी राजु बस्न्यातलाई दिइएको छ भने सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण