दयाहाङले घोषणा गरे ‘वर्ल्ड अफ डान्स’ को दोस्रो संस्करण
सारांश
- अभिनेता दयाहाङ राईले 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गर्दै ट्रफी सार्वजनिक गरेका छन्।
- यो प्रतियोगितामा टेरेन्स लुइस, किरण थापा र जेडी तमु निर्णायकको रूपमा रहनेछन्।
- प्रतियोगिताको अडिसन वैशाख १९ गतेदेखि सुरु भई जेठ २३ गते फाइनल हुनेछ।
काठमाडौँ । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बिच प्रतियोगिता, निर्णायक समिति, पुरस्कार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा चर्चित अभिनेता दयाहाङ राईले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका छन् । कार्यक्रममा अभिनेता दयाहाङ राईले नृत्य आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम भएको बताए । आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नृत्य सहायक हुने उनको धारणा रहेको थियो ।
सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो प्रतियोगिता नेपाल ल्याउनुको उद्देश्य नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने रहेको आयोजक पक्षले जानकारी दिएको छ ।
प्रतियोगितामा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइस, नेपाली किरण थापा र जेडी तमु जर्जको रूपमा रहनेछन् ।
कार्यक्रममा बोल्दै ‘वर्ल्ड अफ डान्स नेपाल’ का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए ।
प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् । वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौँ र जेठ २ गते इटहरीमा छनौट चरणको अडिसन हुने प्रतियोगिताको सेमिफाइनल जेठ २१ गते र फाइनल जेठ २३ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण