‘द कपिल शर्मा शो’ ले रोक्यो अर्चना पूरन सिंहको अभिनय यात्रा
सारांश
- ‘द कपिल शर्मा शो’ मा व्यस्त हुँदा आफूले धेरै चलचित्रका अवसरहरू गुमाउनुपरेको अर्चना पूरन सिंहले बताएकी छिन्।
- निर्माताहरूले आफूलाई अभिनेत्रीको साटो केवल निर्णायकका रूपमा मात्र हेर्न थालेकोमा उनले दुःख व्यक्त गरेकी छिन्।
- ओटीटी प्लेटफर्मको उदयसँगै अब उनले फेरि विभिन्न चलचित्र तथा वेब सिरिजमा अभिनय गर्ने अवसर पाउन थालेकी छिन्।
मुम्बई। सन् १९८२ मा निकाह'चलचित्रबाट बलिउडमा पाइला टेकेकी अभिनेत्री अर्चना पूरन सिंह आज ‘द कपिल शर्मा शो’ को निर्णायकका रूपमा विश्वभर चर्चित छिन्। तर, यही चर्चा र सफलता नै अहिले उनको अभिनय करियरका लागि भने बाधक बनेको छ।
हालै एक अन्तर्वार्तामा अर्चनाले कपिल शर्माको शोमा व्यस्त हुनुपर्ने बाध्यताका कारण आफूले धेरै चलचित्रका अवसरहरू गुमाएको र अहिले निर्माताहरूले उनलाई काम माग्न नै छाडेको भन्दै आफ्नो पीडा व्यक्त गरेकी छिन्। अर्चनाका अनुसार केही वर्षअघि उनलाई स्कटल्याण्डमा २५ दिनको छायाङ्कन हुने गरी एउटा चलचित्रको प्रस्ताव आएको थियो।
तर, त्यतिबेला द कपिल शर्मा शो टेलिभिजनमा प्रसारण हुन्थ्यो र वर्षमा झन्डै १०० एपिसोड खिच्नुपर्ने हुन्थ्यो। शोको व्यस्त तालिकाका कारण उनले उक्त चलचित्रको प्रस्ताव अस्वीकार गर्नुपर्यो। ‘मैले यति धेरै पटक चलचित्रका अफरहरूलाई नाइँ भनेँ कि, अहिले फिल्म निर्माताहरूले मलाई अभिनयका लागि बोलाउनै छाडिदिए,’ अर्चनाले भनिन्।
४२ वर्ष लामो करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरिसकेकी अर्चनालाई उद्योगले अहिले केवल ‘जज’ का रूपमा मात्र हेर्ने गरेकोमा निकै दुःख लागेको छ। उनी भन्छिन्, ‘मैले जति नै प्रयास गरे पनि निर्माताहरूलाई म एक अभिनेत्री हुँ भनेर विश्वास दिलाउन सकिरहेकी छैन। उनीहरूलाई म कुर्सी बसेर हाँस्ने मात्र मान्छे हुँ जस्तो लाग्छ।’
यही छविका कारण उनलाई अहिले गम्भीर वा फरक खालका भूमिका पाउन मुस्किल भइरहेको छ र अझै पनि आफ्नो अभिनय क्षमता प्रमाणित गर्न संघर्ष गर्नु परिरहेको छ।
सन् १९८७ मा नसरुद्दीन शाहसँग ‘जलवा’ चलचित्रमा मुख्य भूमिकामा देखिएकी अर्चनाले कुछ कुछ होता है, दे दना दन र बोल बच्चनजस्ता दर्जनौँ सुपरहिट चलचित्रमा आफ्नो हास्य अभिनयको छाप छाडिसकेकी छिन्।
यद्यपि, ओटीटी प्लेटफर्मको उदयले उनलाई फेरि नयाँ आशा जगाएको छ। अहिले कपिलको शो नेटफ्लिक्समा सिजनका आधारमा छायाङ्कन हुने भएकाले उनीसँग अन्य प्रोजेक्टका लागि समय निस्कन थालेको छ।
उनी हालै राजकुमार रावसँग चलचित्र ‘टोस्टर’ मा देखिएकी छिन् भने आगामी दिनमा केके मेननको वेब सिरिज ‘आदर्श बाल विद्यालय’ मा समेत महत्त्वपूर्ण भूमिकामा देखिनेछिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण