सुधनबारे सुदनको प्रश्न : गृहमन्त्रीको जुङ्गा कत्रो छ ?
सारांश
- नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीको 'राइट टु रिकल' को नीति र दोहोरो मापदण्डमाथि कडा प्रश्न उठाएका छन्।
- किरातीले गृहमन्त्रीको जुङ्गाको प्रसङ्ग जोड्दै कानुन र नैतिकताको मापदण्ड व्यक्ति हेरेर लागू गरिएको भन्दै कटाक्ष गरेका छन्।
- उनले रास्वपाका नेताहरूलाई नैतिकता र संस्कारको कुरा गर्ने हो भने निष्पक्ष छानबिनको माग गर्न चुनौती दिएका छन्।
काठमाडौँ । नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो मापदण्डमाथि कडा प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै किरातीले रास्वपाले चुनावमा निकै उचालेको फिर्ता बोलाउने अधिकारको औचित्यमाथि चुनौती दिएका हुन् ।
किरातीले रास्वपाको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई बाँडिएको ‘राइट टु रिकल’को नारा कसलाई लागु हुन्छ र कसलाई हुँदैन भन्दै पार्टीको नियतमाथि शङ्का व्यक्त गरे । उनले मधेसी अनुहारका तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई सास फेर्न पनि मौका नदिई बर्खास्त गरिएको प्रसङ्ग उप्काउँदै गृहमन्त्रीको हकमा उक्त नियम आकर्षित हुन्छ कि हुँदैन भनेर सोधेका छन् ।
कानुन र नैतिकताको मापदण्ड व्यक्ति हेरेर लागु गरिएको भन्दै किरातीले व्यङ्ग्यात्मक शैलीमा गृहमन्त्रीको ‘जुङ्गा’को प्रसङ्ग ल्याएका छन् । उनले एउटै कानुन जुङ्गाअनुसार लागु हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दै गृहमन्त्रीको जुङ्गा कत्रो छ, कति क्षेत्रमा फैलिएको छ र त्यसले कुन-कुन सिमानाहरू नाघेको छ भन्दै कडा कटाक्ष गरे ।
मानिसहरूले प्रश्न उठाएजस्तै त्यो जुङ्गाको जरा कुन-कुन शक्तिसँग जोडिएको छ भन्ने कुराको जवाफ रास्वपाले दिनुपर्ने उनको भनाइ छ । यो देश आफ्नो पनि भएको हुनाले थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर रास्वपालाई यी प्रश्नहरू गरेको किरातीले प्रस्ट पारेका छन् ।
उनले नैतिकता र संस्कारको कुरा गर्ने रास्वपाका नेतालाई छानबिनको माग गरेर देखाउन चुनौतीसमेत दिए । संस्कार बोक्ने नैतिकवान् छाती नदेखाउने हो भने पुरानो र नयाँ दलमा के नै भिन्नता रह्यो र भन्दै उनले नयाँ दलको कार्यशैलीमाथि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण