शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
अदालत

विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा

बुधबार, ०९ वैशाख २०८३, ११ : ०१
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले विशेष अदालतको धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
  • भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा विशेष अदालतले भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

काठमाडौँ । विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन् ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको थियो । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै धरौटी माग गर्ने आदेश दिएको थियो । 

अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप