लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित
सारांश
- लुम्बिनी प्रदेश सभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
- प्रदेश सभाको बैठकमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुनुका साथै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका छन्।
बुटवल । लुम्बिनी प्रदेश सभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेशसभाको सातौँ अधिवेशनको १५औँ बैठकले उक्त विधेयक पारित गरेको हो।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे ।
बैठकमा मन्त्री पन्थीसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।
यसैबिच, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५’ संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेश गरिन्। सार्वजनिक लेखा समितिकी सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्।
बैठकमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सङ्घीय सरकारले जनताप्रतिको प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए । उनले महँगीका कारण जनता प्रभावित भए पनि सङ्घीय सरकार उदासीन रहेको टिप्पणी गरे।
प्रदेशसभा सदस्य यमबहादुर सार्कीले दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयकलाई ऐतिहासिक उपलब्धि भएको बताए। प्रदेशसभा सदस्य सुशीला बादीले उक्त विधेयक प्रमाणीकरणपछि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखिन् भने अर्का प्रदेशसभा सदस्य खड्ग बस्नेतले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
त्यस्तै, दुर्गाप्रसाद चौधरीले बजेट तर्जुमा र कार्यान्वयनमा समस्या रहेको औँल्याए। सांसद अर्जुनकुमार केसीले सीमा क्षेत्रमा राजश्व कडाइ गर्ने सङ्घीय सरकारको नीति अवैज्ञानिक भएको बताए भने मिनाकुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिन्।
त्यस्तै, प्रदेशसभा सदस्य यमुना रोका तामाङले सङ्घीय सरकारका नीतिका कारण जनजीवन प्रभावित भएको बताइन् भने प्रदेशसभा सदस्य जमुना ढकालले किशोरीहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै राज्यले सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरिन्।
प्रदेश सभाको सातौँ अधिवेशनको १६औँ बैठक वैशाख १० गते बिहान ११ः ३० बजे बस्ने जानकारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
-
नेपाल–भारत सम्बन्ध ‘रिसेट’
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण