सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला

बुधबार, ०९ वैशाख २०८३, १७ : ०५
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन्।
  • सशस्त्र प्रहरी बलको गोताखोर टोलीले अछामका २५ वर्षीय मनिष कुँवरको शव बुधबार फेला पारेको हो।
  • सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कुँवर साथीहरूसँग पौडी खेल्न गएका बेला बेपत्ता भएका थिए।

धनगढी । कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बुधबार दिउँसो उनको शव फेला पारेको हो ।

भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा मंगलबार साँझ पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटका २५ वर्षीय मनि कुँवर बेपत्ता भएका थिए । उनलाई सशस्त्र प्रहरीको नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा फेला पारेको हो।

कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन सङ्कायमा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। मंगलबार साँझ साथीहरूसँगै नदीमा पौडी खेल्न गएका उनी अचानक डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार, बेपत्ता भए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली खोजी कार्यमा जुटेको थियो । हिजो साँझदेखि नै खोजी कार्य जारी राखिएकोमा आज गोताखोर टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप