सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ
सारांश
- काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न स्थानीय प्रशासनले माइकिङ गर्न सुरु गरेको छ।
- जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शुक्रबार साँझसम्म टहरा खाली गर्न निर्देशन दिइएको छ।
- थापाथली, गैह्रिगाउँ र मनहरा खोला किनारका अवैध संरचना हटाउने प्रक्रिया अगाडि बढाइएको छ।
काठमाडौँ । स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार आज साँझदेखि नै माइकिङ गर्न थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकपछि काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि छलफल गरेका थिए ।
बैठकको निर्णय अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत स्थानीय प्रशासनले वैशाख ११ गते साँझ ७ बजेसम्म अवैध घर र टहरा खाली गर्न भन्दै माइकिङ गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले बताए ।
उनले भने, ‘२०८३ वैशाख १२ गते शनिवारबाट नदी तथा खोलाका अव्यवस्थित संरचना हटाउन लागको सूचना बस्तीमा बस्नेहरूलाई दिइएको छ ।’
प्रशासनले सो अभियानलाई साथ दिन आग्रह गर्दै शुक्रवार साँझसम्म सर सामान हटाएर बस्ती छाड्न अनुरोध गरेको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र सामान नहटाएर कानुन अनुसार घर, टहरा हटाइने छ ।’
पहिलो चरणमा थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय गरिएको छ । मनहरा खोलाको काठमाडौँ र भक्तपुर तर्फको पनि बस्ती हटाइने सुरक्षा जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण