रूसले आर्कटिक करिडोर विकासको रणनीति अघि सार्दै
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आर्थिक विकास र राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि आर्कटिक करिडोर बिस्तार महत्वपूर्ण रहेको बताएका छन् ।
आर्कटिक क्षेत्र र ट्रान्सआर्कटिक यातायात कोरिडोरको विकासमा केन्द्रित सरकारी सदस्यहरूसँग भिडियो कन्फरेन्सको अध्यक्षता गर्दै नेता पुटिनले रूसको राष्ट्रिय अर्थव्यवस्था, औद्योगिक सम्भावनाको विस्तार र राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताको रक्षाका लागि आर्कटिक क्षेत्रको अद्वितीय रणनीतिक महत्व रहने बताए ।
उनले भने, “ट्रान्सआर्कटिक यातायात कोरिडोर, सेन्ट पिटर्सबर्गदेखि मुर्मान्स्क र भ्लादिभोस्तोकसम्म फैलिएको छ, जुन विश्वको सबैभन्दा सुरक्षित, भरपर्दो र सफल जलमार्गको रूपमा देखा परिरहेको छ ।”
नेता पुटिनले भने, “उत्तरी ट्रान्सआर्कटिक मार्गको महत्त्व धेरै द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा अवरोधको पृष्ठभूमिमा थप स्पष्ट हुँदै गइरहेको छ” उनले थपे, “रूसले समुद्री तथा नदी क्षेत्रमा रहेका बन्दरगाह, रेलमार्ग, राजमार्ग र विमानस्थललाई व्यवस्थित गर्दै आफ्नो आर्कटिक रसद नेटवर्कलाई बलियो बनाइरहेको छ।”
“यस रणनीतिक क्षेत्रमा शान्ति र स्थिरता कायम गरेर, हामी यसको दीर्घकालीन सामाजिक–आर्थिक विकास सुनिश्चित गर्नेछौँ, जीवनस्तर उकास्नेछौँ, उत्तरी आदिवासीहरूको अद्वितीय संस्कृतिको संरक्षण गर्नेछौँ र आर्कटिकको कमजोर प्राकृतिक पारिस्थितिक प्रणालीको रक्षा गर्नेछौँ,” रूसी राष्ट्रपति पुटिनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण