बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाली पात्रोले सुरु गर्‍यो नयाँ वर्षसँगै नयाँ सोच र नयाँ स्वरूपको यात्रा

शुक्रबार, ११ वैशाख २०८३, १० : ५९
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै नेपाली पात्रोले नयाँ स्वरूपसहित आफ्नो यात्रा अघि बढाएको घोषणा गरेको छ। ‘आज कति गते रु’ भन्ने साधारण प्रश्नबाट सुरु भएको नेपाली पात्रो आज १ करोड ३० लाखभन्दा बढी डाउनलोडसहित विश्वभर छरिएका नेपालीहरूलाई तिथि–मिति, चाडपर्व र आफ्नै संस्कृति तथा पहिचानसँग जोड्ने डिजिटल माध्यमका रूपमा स्थापित भएको छ।

नयाँ वर्षको सुरुवातसँगै नेपाली पात्रोले केवल समय गणना गर्ने साधन मात्र नभई नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ स्वरूपसहित आफ्नो यात्रा अघि बढाएको घोषणा गरेको छ।

संस्थापक विरिजन महर्जनका अनुसार नेपाली पात्रो केवल मिति हेर्ने एप मात्र नभई नेपाली परम्परा, मूल्य–मान्यता र साझा पहिचानलाई पुस्तौँदेखि देश–विदेशसम्म जोड्ने एक जीवन्त सांस्कृतिक माध्यम हो।

उनले भने, ‘हामी नेपाली पात्रोलाई बहुउपयोगी जानकारी, सृजनशील अभिव्यक्ति, कला प्रवर्द्धन र प्रविधिको संयोजनमार्फत विश्वभर रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र पहिचानसँग अझ मजबुत रूपमा जोड्ने प्लेटफर्मका रूपमा विकास गर्दै लैजानेछौँ।

यसै क्रममा नेपाली पात्रोले आफ्नो लोगो पनि परिवर्तन गरेको छ। नयाँ लोगोमा नेपाली अक्षर ‘ने’को अमूर्त रूप प्रयोग गरिएको छ, जसले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। यसले समयको निरन्तर परिवर्तन र प्रवाहलाई पनि प्रतिनिधित्व गर्ने संस्थाले जनाएको छ।

कम्पनीका अनुसार यो परिवर्तन केवल दृश्य सुधार मात्र नभई नेपाली पात्रोको मूल उद्देश्य—नेपालीपनसँगको गहिरो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास हो।

नेपाली पात्रोले आगामी दिनमा संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एउटै प्लेटफर्ममा समेट्दै प्रयोगकर्तालाई अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप