कुलेन्द्र र रचनाको ‘रातो रातो बर्को’ सार्वजनिक
शुक्रबार, ११ वैशाख २०८३, १२ : ००
सारांश
- गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा 'रातो रातो बर्को' गीत सार्वजनिक भएको छ।
- गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ।
- प्रथम क्षेत्री र सुनिशा बजगाईँको अभिनय रहेको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
काठमाडौँ । गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ ।
गीतको भिडियोमा प्रथम क्षेत्री र सुनिशा बजगाईँको आकर्षक अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
भिडियोमा ‘रातो बर्को’लाई मुख्य आकर्षणको रूपमा प्रयोग गरिएको छ, जसले गीतको भावलाई थप प्रगाढ बनाएको छ। विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा करण चैसिर र उनको टिमले छायाङ्कन गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । भिडियोमा निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण