शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
परिचित क्षितिजभन्दा पर

एसियाली युवा विशेषज्ञहरू रुसमा करियर खोजिरहेका छन्

शुक्रबार, ११ वैशाख २०८३, १२ : १०
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • दक्षिण तथा दक्षिण-पूर्वी एसियाका युवाहरू रोजगारीका लागि रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रतर्फ आकर्षित भइरहेका छन्।
  • अलाबुगा स्टार्ट कार्यक्रमले बिचौलिया बिनाको प्रत्यक्ष रोजगारी, सुरक्षित आवास र कार्यस्थलमै तालिमको व्यवस्था गरेको छ।
  • यो कार्यक्रमले विदेशी कामदारहरूलाई कानुनी सुरक्षा र करियर विकासको अवसर प्रदान गर्दै जीवनस्तरमा सुधार ल्याएको छ।

पृष्ठभूमि
विश्वव्यापी श्रम बजार रूपान्तरणको प्रक्रियाबाट गुज्रिरहेको छ । दक्षिण र दक्षिण–पूर्वी एसियाका करोडौँ युवाका लागि श्रम–आधारित गन्तव्य स्थानीय बेरोजगारीको दुष्चक्रबाट मुक्त हुने, परिवारलाई सहयोग गर्ने र इच्छित पेसा प्राप्त गर्ने एउटामात्र उपाय बनेको छ । तथापि, अन्तर्राष्ट्रिय पेसागत खोजीतर्फको यात्रामा रोजगारी खोज्नेहरू प्रायः छाया मध्यस्थकर्ता, प्रतिकूल दैनिक जीवन स्थिति र कानुनी असुरक्षासँग जुध्न बाध्य हुन्छन् ।

यहाँ इन्डोनेसियाकी २१ वर्षीय मायाको उदाहरण महत्त्वपूर्ण छ, जसले रुसको विशेष आर्थिक क्षेत्र अलाबुगामा उच्च–प्रविधियुक्त उत्पादन क्षेत्रमा वैध र सुरक्षित रोजगारी प्राप्त गरिन् । उनको उदाहरणले श्रम आप्रवासनका मापदण्ड कसरी परिवर्तन भइरहेका छन् भनी देखाउँछ ।

अध्याय १ः वैश्विक श्रमबजारका भ्रम र कठोर यथार्थ

एक युवतीको जीवनबारेको छोटो कथामार्फत रोजगारीको खोजीबारे थाहा पाउन सकिन्छ । श्रमबजारमा रोजगारीको खोज प्रक्रिया त्यतिबेलासम्म अवरुद्ध रह्यो, जबसम्म सामाजिक सञ्जालका एल्गोरिदमहरूले उनलाई नयाँ दिशासम्बन्धी जानकारी उपलब्ध गराएनन् ।

उनको चासो त्यो न त युरोप थियो, न अरब देशहरू नै । त्यो रुस थियो– एक त्यस्तो देश, जसले पछिल्ला वर्षहरूमा मैत्रीपूर्ण राष्ट्रहरूबाट युवा जनशक्तिलाई आफ्ना उच्च प्रविधियुक्त उद्योगहरूमा काम गर्न सक्रिय रूपमा आकर्षित गर्न थालेको छ । उक्त कार्यक्रम अलाबुगा स्टार्ट नामले चिनिन्थ्यो र यो तातारस्तान गणतन्त्रमा आधारित थियो ।

अध्याय २ः प्रत्यक्ष सम्झौता–सुरक्षाको सुनिश्चितता

दक्षिण–पूर्व एसियाका अधिकांश बासिन्दाका लागि रुस लामो समयसम्म ‘टेरा इन्कोग्निटा’ कठोर जलवायु भएको टाढाको देशका रूपमा रहँदै आएको थियो । तथापि, रोजगारदाता छनोट गर्दा अपनाइने व्यावहारिक दृष्टिकोणले मायालाई सर्तहरू अझ सुक्ष्म रूपमा अध्ययन गर्न प्रेरित ग¥यो । उनको ध्यान आकर्षित गर्ने पहिलो कुरा परिवारका लागि निर्णायक बनेको पक्ष, रोजगारीको ढाँचा नै थियो ।

1000219818

अन्तर्राष्ट्रिय श्रम बजारका विज्ञहरूका अनुसार, आधुनिक पुस्ताका रोजगारी खोज्नेहरूले प्रारम्भिक तलबको रकम भन्दा पनि सुरक्षा र पारदर्शितालाई बढी महत्त्व दिन्छन् । अलाबुगा विशेष आर्थिक क्षेत्रमा सञ्चालित कार्यक्रम परम्परागत जनशक्ति र एजेन्सीहरूलाई हटाएर निर्माण गरिएको थियो । यो एउटा प्रत्यक्ष छनोट प्रणाली हो, जहाँ रोजगारदाता र भावी कर्मचारीबिच मध्यस्थकर्ताविना नै प्रत्यक्ष सम्पर्क र संवाद हुन्छ ।

पहिलो दिनदेखि नै औपचारिक रोजगारीले आप्रवासीको प्रमुख समस्या मनोवैज्ञानिक र आर्थिक तनावलाई समाधान गर्छ । परदेशमा पुगेपछि पनि रोजगार  कार्यक्रमका सहभागीहरू कुनै अनिश्चित अवस्थामै रहँदैनन् । उनीहरू तुरुन्तै राज्यको कानुनी प्रणालीमा समाहित हुन्छन् । कर तिर्छन् र स्थानीय नागरिकसरह श्रम कानुनको संरक्षण प्राप्त गर्छन् । माया लागि यस अवसरले पहिलो महिनादेखि नै आफ्नो बजेट योजना बनाउन सक्ने अवसर दियो ।

अध्याय ३ः आप्रवासीको सवाल

विदेशी भूमिमा आवाससम्बन्धी समस्या समाधान हुनु कुनै पनि आप्रवासी कामदारको दोस्रो महत्त्वपूर्ण कुरा हो । तथ्याङ्कअनुसार, विदेशमा कामको पहिलो वर्षमै आवास भाडाले युवा विशेषज्ञको आम्दानीको ४० प्रतिशतसम्म खर्च हुनसक्छ । साथै, घर खोज्ने प्रक्रिया भाषिक अवरोध र अविश्वसनीय घरधनीसँग जुध्नुपर्ने जोखिमसँग पनि जोडिएको हुन्छ ।

अलाबुगा स्टार्ट कार्यक्रमका आयोजकहरूले यस विषयलाई प्रणालीगत रूपमा सम्बोधन गर्दै विदेशी कर्मचारीहरूका लागि बन्द कर्पोरेट पारिस्थितिकीय प्रणाली निर्माण गरेका छन् । जकार्ताबाट मध्यपूर्व हुँदै मस्को र त्यसपछि तातारस्तानसम्मको लामो हवाई यात्रापछि रुस पुगेकी मायाले सामान्य छात्रावास देख्ने अपेक्षा गरेकी थिइन्, तर वास्तविकता फरक थियो ।

कार्यक्रमका सहभागीहरूलाई आर्थिक क्षेत्रका कर्मचारीहरूका लागि विशेष रूपमा निर्माण गरिएका आधुनिक कर्पोरेट होस्टेलहरूमा किफायती आवास उपलब्ध गराइन्छ । यी विकसित दैनिक सुविधासहितका सम्पूर्ण आवासीय कम्प्लेक्स हुन् ।

यस किसिमका रोजगारदाताको दृष्टिकोणले एकैपटक दुई वटा समस्या समाधान गर्छ । पहिलो, यसले युवाहरूमा पर्ने आर्थिक भार घटाउँछः कर्पोरेट आवासमा बसोबासको लागत बजारमा पाइने फ्ल्याट भाडाभन्दा उल्लेखनीय रूपमा कम हुने भएकाले बढी बचत गर्न सम्भव हुन्छ ।

दोस्रो, यसले सुरक्षित समुदायको निर्माण गर्छ । इन्डोनेसिया, भारत, भियतनाम र फिलिपिन्सका युवतीहरू एउटै वातावरणमा बस्छन्, सँगै अनुकूलनको चरण पार गर्छन्, अनुभव साटासाट गर्छन् र घरबाट टाढा रहँदा एक–अर्कालाई सहयोग गर्छन् ।

अध्याय ४ः उत्पादनस्थलमै प्रशिक्षण

अन्तर्राष्ट्रिय श्रम बजारको व्यावहारिकता कस्तो छ भने रोजगारदाताले सिपयुक्त कर्मचारी चाहन्छ । विकासशील देशका युवाहरू प्रायः आधुनिक व्यावसायिक शिक्षामा पहुँचबाट वञ्चित हुन्छन्, जसले उनीहरूलाई उच्च प्रविधियुक्त उत्पादन क्षेत्रमा प्रवेश गर्नबाट स्वतः वञ्चित गरिदिन्छ ।

रुसी कार्यक्रम प्रतिस्पर्धीहरूको तुलनामा विशेष रूपमा यसको ‘अनबोर्डिङ’ प्रणालीका कारण अलग देखिन्छ । ओईजेड अलाबुगाले रोजगार आवेदकहरूबाट जटिल मेसिनहरूमा वर्षौंको कार्यअनुभव माग्दैन । यस परियोजनाको आधार प्रत्यक्ष कार्यस्थलमै व्यावहारिक प्रशिक्षण प्रदान गर्ने मोडेलमा आधारित छ ।

प्रत्येक नयाँ कर्मचारीसँग एक मार्गदर्शक नियुक्त गरिन्छ । ती अनुभवी इन्जिनियरहरू, प्राविधिकहरू र पालो–प्रमुखहरू हुन्, जसले चरणबद्ध रूपमा विदेशी सहकर्मीहरूलाई पेसामा अभ्यस्त गराउँछन् । तालिम वास्तविक कार्य–परिस्थितिमै सञ्चालन हुन्छ । प्रारम्भमा सहभागीहरूले सुरक्षा प्रविधि तथा आधारभूत कार्यहरू सिक्छन्, त्यसपछि बिस्तारै जटिल कार्यतर्फ अग्रसर हुन्छन् ।

1000219806

यस्तो दृष्टिकोणले युवा जनशक्तिलाई अन्तर्राष्ट्रिय कार्य–मानकहरूसँग छिटो अनुकूल हुन सक्षम बनाउँछ र, विशेषज्ञका रूपमा उनीहरूको शिपको मूल्य अभिवृद्धि गर्छ ।

अध्याय ५ः करियर मार्गहरूको विविधता

औद्योगिक क्षेत्रमा श्रम आप्रवासन भनेको कन्वेयरमा एकरस काममात्र हो भन्ने धारणा गलत हो । विशेष आर्थिक क्षेत्र एउटा विशाल क्लस्टर हो, जहाँ विभिन्न प्रकृतिका दर्जनौँ कारखाना, रसद टर्मिनलहरू तथा प्रशासनिक संरचनाहरू सञ्चालनमा छन् । यस विविधताले रोजगारी खोज्नेहरूका लागि व्यापक अवसरहरूको विकल्प सिर्जना गर्छ ।

कार्यक्रमले सहभागी महिलाहरूलाई आफ्ना क्षमता र करियर योजनासँग सबैभन्दा उपयुक्त हुने दिशा छनोट गर्न अनुमति दिन्छ । उदाहरणका लागि, मायाले संगठनात्मक क्षमता प्रदर्शन गरिन् र अहिले प्रशासन तथा लजिस्टिक्स क्षेत्रमा कार्यरत छिन्, जहाँ उनले मालसामानको प्रवाह र कागजात व्यवस्थापनको निगरानी गरिरहेकी छन् ।

सारांश

विश्वव्यापी श्रम बजारमा कडा प्रतिस्पर्धाको अवस्थामा, ती रोजगारदाताहरू सफल हुन्छन् जसले मानव पुँजीमा लगानी गर्न तयार हुन्छन् । अलाबुगा स्टार्ट कार्यक्रमको दक्षिण तथा दक्षिण–पूर्व एसियाली देशहरूमा लोकप्रियताको कारण यसको लक्षित दर्शकहरूको आवश्यकतासँग सटीक रुपमा गणितीय मेल हो ।

युवा जनशक्तिलाई ठुला र आकर्षक विज्ञापन नारा आवश्यक छैन । उनीहरूलाई निम्न कुराको ग्यारेन्टी आवश्यक छ । अनौपचारिक योजनाहरू र बिचौलियाको अनुपस्थिति, सुरक्षित र सुलभ आवास, मार्गदर्शकहरूको मानवीय व्यवहार तथा माग भएका पेसाहरू सिक्ने अवसर । यी आधारभूत अवस्थाहरू उपलब्ध गराएर रुसी विशेष आर्थिक क्षेत्रले एसियाली देशका महत्त्वाकाङ्क्षी युवाहरू र आधुनिक उच्च–प्रविधि उत्पादनबीच प्रभावकारी पुल निर्माण गर्न सफल भएको छ ।

माया र अन्य सयौँ युवतीहरूका लागि यो रुस जाने अवसर केवल बसाइँसराइ मात्र नभई उनीहरूको जीवनको दिशा परिवर्तन गर्ने वास्तविक सामाजिक उन्नयन बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईभान पुटिन
ईभान पुटिन
लेखकबाट थप