सुकुमबासीहरु रास्वपा कार्यालय जाँदै, सुरक्षा व्यवस्था कडा
सारांश
- सुकुमबासी बस्ती हटाउने सरकारी तयारीको विरोधमा सुकुमबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयतर्फ जाँदैछन्।
- आफ्नो बस्ती नहटाउन दबाब दिने उद्देश्यले आउन लागेका सुकुमबासीहरूका कारण रास्वपाको कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- प्रहरीले सुकुमबासी मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमीलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जान लागेका छन् । आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् ।
नदी किनारमा घर,टहरा बनाएर बस्नेहरू आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा बालाजुका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शुक्रबार बिहानैदेखि सरकारको निर्णयको विरोध गर्दै सुकुमबासीहरुले थापाथलीमा प्रदर्शन गरेका थिए । शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले तयारी गरेको छ । स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै सो क्षेत्रमा माइकिङ गरिरहेको छ ।
प्रहरीले सुकुमबासी मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमीलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
उत्तिको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण