एमालेले ऐन महरलाई बनायो प्रमुख सचेतक
शुक्रबार, ११ वैशाख २०८३, १५ : ४२
काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।
एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम महरलाई शुक्रबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पिएका हुन् ।
संसदीय दलको नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको रूपमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
एमालेले यस मनोनयनबारे सङ्घीय संसद सचिवालयलाई समेत जानकारी गराइसकेको छ। यसैगरी एमालेले सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण