थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारलाई रंगशाला लगियो
सारांश
- थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा ६ परिवारलाई दशरथ रङ्गशाला लगिएको छ।
- महानगरपालिकाले बस्तीका टहरा हटाउनुका साथै स्थानान्तरण हुन चाहने परिवारलाई मानवीय र सवारी साधनको सहयोग उपलब्ध गराएको छ।
- सरकारले भूमिहीन सुकुम्बासीहरूका लागि विभिन्न पाँच स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ।
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली हुँदै गएको छ । बिहान ८ बजेबाट डोजर चलेसँगै बस्ती खाली हुँदै गएको हो ।
महानगरका अनुसार यहाँ बसोबास गर्नेहरूले धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केहि आफन्तकोमा गएका छन् ।
आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ ।
सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ । तर त्यसभन्दा अगाडी रङ्गशालामा स्क्रिनिङका लागि लगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण