मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार राउत सम्मानित

आइतबार, १३ वैशाख २०८३, १७ : ०७
आइतबार, १३ वैशाख २०८३

सारांश

  • नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार रोशनसिंह राउतलाई अग्रज खेल पत्रकारिता सम्मान २०८३ बाट सम्मानित गरेको छ।
  • नायक पौडेललाई सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार २०८३ बाट पुरस्कृत गरिएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मञ्चको २१ औं वार्षिक साधारण सभामा दुवै पत्रकारलाई सम्मान गरेका छन्।

काठमाडौँ।  नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान २०८३’ बाट पत्रकार रोशनसिंह राउत सम्मानित भएका छन् ।  यस्तै, ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन्।

मञ्चको २१ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे । 

अग्रज सम्मान पाएका राउतले सम्मान पत्र सहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप