१२ बजे १२ समाचार: ठुला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा, १७ देशमा राजदूत पद रिक्त
सारांश
- बालेन सरकारले शासकीय सुधारका १०० बुँदे प्रतिबद्धतामध्ये ५० बुँदा एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा अधिकांश बुँदा कार्यान्वयनमा गएका छन् ।
- विभिन्न १७ देशमा नेपाली राजदूत पद रिक्त रहेको अवस्थामा सरकारले राजदूत नियुक्तिमा औपचारिक प्रक्रिया सुरु गरेको छ ।
- बोलपत्र प्रणाली ह्याक गरी ठेक्का पारेको आरोपमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ र यस क्रममा ठुला निर्माण कम्पनीका सञ्चालकहरू अनुसन्धानको दायरामा तानिएका छन् ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. बालेन सरकारले एक महिनामा के–के प्रतिबद्धता पूरा गर्यो ?
बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री पद सम्हालेको एक महिना पूरा भएको छ । बालेन सरकारले शासकीय सुधारका १०० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थियो, जसमा ५० वटा बुँदा एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको थियो । ती ५० बुँदामध्ये अधिकांश बुँदा कार्यान्वयनमा गएका छन् ।
२. १७ देशमा राजदूत पद रिक्त
विभिन्न १७ देशमा नेपाली राजदूत पद रिक्त छ । यद्यपि राजदूत नियुक्तिमा सरकारले औपचारिक प्रक्रिया सुरु गरेको छ ।
३. मनोहरा सुकुमबासी बस्तीमा पनि चल्यो डोजर
भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा आइतबार डोजर चलाइएको छ । शनिबार थापाथली र शान्तिनगर–गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा नदी किनार अतिक्रमण गरी बसेको सुकुमबासी बस्ती खाली गरिएको थियो भने आइतबार मनोहरा खोला किनारको बस्ती हटाइएको हो ।
४. निजामती ऐनको मस्यौदामा के–के समेटियो ?
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा ०७९ मै प्रतिनिधि सभाले ल्याउन प्रयास गरेको तर ल्याउन नसकेको विधेयकमा उल्लेखित अधिकांश व्यवस्था परेका छन् भने एउटा नयाँ विषय थपिएको छ ।
५. ठुला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा
बोलपत्र प्रणाली ह्याक गरी ठेक्का पारेको आरोपमा प्रहरीले अनुसन्धान तीव्र तुल्याएको छ । यस क्रममा ठुला निर्माण कम्पनीका सञ्चालकहरू अनुसन्धानको दायरामा तानिएका छन् ।
६. बुटवलमा चल्यो डोजर, पोखरामा के होला ?
उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन आइतबार डोजर चलेको छ । उता पोखरामा नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।
७. राजनीतिक सौदाबाजीले बागमतीको सभामुख चयनमा ढिलाइ
बागमती प्रदेश सभाको सभामुख चयनमा ढिलाइ भएको छ । राजनीतिक सौदाबाजीका करण सभामुख चयन प्रक्रिया पेचिलो बनेको हो ।
सभामुख चयनका लागि प्रदेश सभा सचिवालयले कार्यतालिकासमेत जारी गर्न सकेको छैन, जसले कानुनी र संवैधानिक जटिलता थपिदिएको छ । संविधान अनुसार सभामुख वा उपसभामुख रिक्त रहेको अवस्थामा सभा सञ्चालनको १५ दिनभित्र नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने प्रावधान छ । तर, उक्त समय सीमा अनुसार सभामुख चयनका लागि बागमती प्रदेश सभाले प्रक्रिया अघि बढाउन सकेको छैन ।
८. उत्कृष्ट घोषित प्रहरी नै घुससहित पक्राउ
०८१ पुस महिनामा सम्पादन गरेका कामको मूल्याङ्कनका आधारमा कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री घुससहित पक्राउ परेका छन् ।
९.को बन्ला कांग्रेस संसदीय दलको नेता ?
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन सहमतिबाटै गर्न भन्दै सोमबार बिहान ११ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । उक्त बैठकमा सभापति गगन थापाले सहमतिका लागि दलको नेताका रूपमा नाम प्रस्ताव गर्ने बताइएको छ ।
१०. नेकपा संयोजन समितिको बैठकले के गर्ला निर्णय ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । उक्त बैठकले गर्ने निर्णयप्रति चासो बढेको छ ।
११. सुकुमबासी राख्ने अपार्टमेन्टमा चहलपहल
सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका वास्तविक सुकुमबासीलाई नागार्जुन नगरपालिका–१ स्थित इचङ्गुनारायणको अपार्टमेन्टमा राख्ने तयारी गरेको छ । सोही क्रममा अपार्टमेन्टमा चहलपहल पनि बढ्न थालेको छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी तीन दिन देशका विभिन्न साना नदीमा बहाव बढ्ने
-
धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने
-
उपराष्ट्रपति यादव रुसको स्वागत समारोहमा सहभागी
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण