वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन
सारांश
- वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको मंगलबार निधन भएको छ।
- शेर्पाले दर्जनौं चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका छन्।
- उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
काठमाडौँ । वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो । उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ लगायतका दर्जनौं चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका छन् । नेपाली चलचित्रको दृश्य–सौन्दर्य, कला–निर्माण र रचनात्मक अभिव्यक्तिमा उनको ठूलो योगदान रहेको बोर्डले जनाएको छ।
बोर्डले आफ्नो शोक विज्ञप्तिमा शेर्पालाई एक सरल, मेहनती र सबै कलाकर्मीका प्रिय व्यक्तित्वका रूपमा स्मरण गरेको छ। उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बोर्डको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण