१७ वर्षमा अडिसन दिएको फिल्म २२ वर्षमा खेलेँ : अभिनेता अधिकारी
सारांश
- अभिनेता अविरल प्रताप अधिकारीले १७ वर्षको उमेरमा अडिसन दिएको फिल्म 'एक मुठ्ठी बादल' २२ वर्षको उमेरमा खेलेका छन्।
- अविरलले यो फिल्मबाट अभिनयको सपना पूरा हुनुका साथै पहिलो पटक प्लेन चढेको र सुटिङको अनुभव स्मरणीय रहेको बताए।
- चर्चित कवि क्षेत्रप्रताप अधिकारीका नाति तथा कार्यक्रम निर्देशक अमनप्रताप अधिकारीका छोरा अविरलले नाटक हुँदै फिल्ममा पाइला चालेका हुन्।
काठमाडौँ । फिल्म ‘एक मुठ्ठी बादल’का कलाकार अविरल प्रताप अधिकारी कान्छा सदस्य हुन् । फिल्ममा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर फिल्मको लागि सबैभन्दा पहिला अडिसन दिनेमा उनी पर्दछन् ।
फिल्मले पटकथालाई अहिलेको स्वरूपमा ढाल्न नै ६–७ वर्ष खर्चिएको थियो । यही क्रममा निर्माण टिमले भाइको चरित्रको लागि अविरलको अडिसन लिएको थियो ।
‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव । दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ । निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो’, उनले भने ‘त्यसको ५ वर्षपछि बल्ल खबर आयो । फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो फिल्ममा काम गरे ।’
तर अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रूपमा लिएका छन् । किनकि चलचित्रमा अभिनय गर्ने उनको सपना मात्र यो चलचित्रले पूरा गरेको थिएन, जीवनको पहिलो प्लेन पनि चढाएको थियो । अविरल भन्छन्, ‘यो चलचित्रको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एडभेन्चर लागेको थियो । त्योबाहेक यो चलचित्रको सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ ।’
त्यसो त अविरलले विरासतमै कलाकारिताका गुण लिएर आएका हुन् । चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी उनका हजुरबा हुन् भने कार्यक्रम निर्देशक एवं कमेन्टेटर अमनप्रताप अधिकारी उनका बुबा । परिवारको यही विरासत पछ्याउँदै उनले नाटक हुँदै चलचित्रमा पाइला चालेका हुन् । एक मुठ्ठी बादलपछि उनले पारी बुटोलमा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर फिल्ममा मैले बेग्लै हिसाबले बोलेको छु । घरमा दिदीसँग हुर्किएकाले चलचित्र भित्रको दिदी भाइको डायनामिक्स बुझ्न सजिलो भयो । तर त्यो भाइ अर्कै हो भने चलचित्रको भाइ अर्कै हो,’ अविरलले भने ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको एक मुठ्ठी बादल जेठ १ देखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा निशा शर्मा, शेखर चापागाँई, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम आदिको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण