अनन्त अम्बानीले अघि सारे ‘कोकिन हिप्पो’ बचाउने प्रस्ताव
सारांश
- मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले कोलम्बियाको सरकारले मार्ने योजना बनाएका ८० वटा हिप्पो बचाउन प्रस्ताव गरेका छन् ।
- यी हिप्पोहरू लागुऔषध तस्कर पाब्लो इस्कोबारले १९८० को दशकमा ल्याएका थिए र अहिले तिनको संख्या १६० पुगेको छ ।
- अम्बानीले भारतको गुजरातमा रहेको आफ्नो वन्यजन्तु संरक्षण केन्द्रमा ती हिप्पोलाई स्थानान्तरण गरी सुरक्षित राख्ने प्रस्ताव गरेका हुन् ।
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कान्छा छोरा अनन्त अम्बानीले कोलम्बियाका चर्चित 'कोकिन हिप्प' लाई बचाउने प्रस्ताव अघि सारेका छन् । कालम्बियाको सरकारले हिप्पोलाई मार्ने योजना बनाएको छ । ८० वटालाई जोगाउन उनले प्रस्ताव अघि सारेका छन् ।
यी हिप्पोहरू कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबारले १९८० को दशकमा आफ्नो निजी चिडियाखानाका लागि ल्याएका थिए । अहिले तिनै हिप्पोहरूको संख्या बढेर करिब १६० पुगेको छ र उनीहरूले स्थानीय जैविक विविधतालाई खतरा पुयाइरहेका छन् ।
कोलम्बियाले हालै तीमध्ये ८० हिप्पोलाई नियन्त्रणका लागि मार्ने योजना सार्वजनिक गरेको थियो, जसले विवाद उत्पन्न गरेको छ । यसैबिच, अम्बानीले भारतको गुजरात राज्यको जामनगरस्थित आफ्नो वन्यजन्तु संरक्षण केन्द्र बन्तारामा ती हिप्पोलाई स्थानान्तरण गरेर सुरक्षित राख्ने प्रस्ताव गरेका हुन् । उक्त केन्द्रमा २ हजारभन्दा बढी प्रजातिका १ लाख ५० हजारभन्दा बढी जनावरहरू रहेको बताइएको छ ।
अम्बानीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यी हिप्पोहरूले आफू कहाँ जन्मिने भन्ने रोजेका होइनन्, न त तिनीहरुले अहिले सामना गरेको स्थिति सृजन गरेका हुन्” । यी जनावर जीवित रहेको अनि संवेदनशील प्राणी भएको भन्दै तिनलाई सुरक्षित र मानवीय तरिकाले बचाउने क्षमता छ भने, प्रयास गर्नु हाम्रो जिम्मेवारी भएको उनले लेखेका छन् ।
हाल यी हिप्पोहरू हैसिंडा नैपोलेस आसपास बसोबास गर्दै आएका छन्, जुन पहिले एस्कोबारको निजी सम्पत्ति थियो र अहिले पर्यटकीय क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अनन्तको तर्फबाट बन्ताराका सीईओ भिभान करानीले हस्ताक्षर गरेको पत्रमार्फत कोलम्बियाकी वातावरण मन्त्री आइरीन वेलेज टोरेसलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।
यदि कोलम्बियाली सरकारले अनुरोध मान्यो भने आवश्यक अनुमोदन, अनुमति, उचित परिश्रम प्रक्रियाहरू, जैविक सुरक्षा आवश्यकता र रसद योजनाको कडाईका साथ यसलाई पूरा गरिने विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण