सेनाका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, १६ वैशाख २०८३, १४ : १८
सारांश
- नेपाली सेनाका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
- मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति जंग बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
- प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
काठमाडौँ । नेपाली सेनाका तीन जना उच्च अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णय अनुसार प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. भरत बहादुर भण्डारी, माधव थापा र शक्ति जंग बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा सेनाका बलाधिकृत, रथीबृन्द र अधिकृतहरू उपस्थित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण