नेपाली सेनाको लघुचलचित्र 'बुख्याँचा' प्रथम
काठमाडौँ । नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको लेखन तथा निर्माण रहेको लघुचलचित्र ‘बुख्याँचा’ले प्रथम भएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार साँझ सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा ‘बुख्याँचा’लाई नगद दुई लाखसहित प्रथम पुरस्कार प्रदान गरिएको हो।
प्रतियोगीतामा ‘अमरकर्तव्य’का एकशंकर पौडेलले एक लाख ५० हजार नगदसहित द्वितीय र ‘अडान’का निर्माता राम नरेशले एक लाख नगद पुरस्कारसहित तृतीय पुरस्कार प्राप्त गरे । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका थिए ।
नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद व्यवस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघुचलचित्र निर्माण गर्न आह्वान गरेको थियो ।
प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनोट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण