दिल्ली उच्च अदालतको भर्चुअल सुनुवाइमा अश्लील भिडियो प्रदर्शन: इजलास दुई पटकसम्म स्थगित
काठमाडौँ । दिल्ली उच्च अदालतमा बुधबार भर्चुअल माध्यमबाट (भिडियो कन्फरेन्सिङ) भइरहेको सुनुवाइका क्रममा अश्लील सामग्री (पोर्नोग्राफिक कन्टेन्ट) प्रदर्शन भएपछि न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । मुख्य न्यायाधीशको इजलासमा सुनुवाइ चलिरहेकै बेला एक सहभागीले अश्लील दृश्य र विचलित पार्ने खालको सङ्गीत बजाएपछि सनसनी मच्चिएको हो ।
‘बार एन्ड बेन्च’का अनुसार मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस करियाको इजलासमा बहस भइरहेको थियो । सोही क्रममा भिडियो कन्फरेन्सिङमा जोडिएका एक व्यक्तिले आपत्तिजनक सामग्री चलाएपछि सुनुवाइ बिचमै रोक्नुपरेको थियो ।
केही समयपछि पुनः सुनुवाइ सुरु गरिए पनि फेरि दोस्रो पटक अश्लील सामग्री देखाइएपछि अदालतको कारबाही पुनः स्थगित गरिएको थियो ।
यस घटनाप्रति आपत्ति जनाउँदै मुख्य न्यायाधीश देवेन्द्र कुमार उपाध्यायले रजिस्ट्रार जनरललाई घटनाको छानबिन गरी उचित कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
साथै, अदालतको कामकारबाहीको रेकर्डिङ गर्नु पूर्णतः प्रतिबन्धित रहेको उल्लेख गर्दै मुख्य न्यायाधीशले यस घटनालाई रेकर्ड गर्ने वा प्रसारण गर्ने जोकोही विरुद्ध पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् । अदालतले भर्चुअल सुनुवाइको मर्यादा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण