मानव सेवा आश्रमको भवन बनाउन पोखरामा महायज्ञ हुने
पोखरा । पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमले भवन निर्माणका लागि महायज्ञ लगाउने भएको छ । यही वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञको तयारी गरेको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत महायज्ञको बारेमा जानकारी दिइएको हो ।
महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेमजा शाखाको निर्माणाधीन भवनको सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धिका लागि खर्च गरिने महायज्ञ मूल समारोह समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने छन् । महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी सो अवसरमा दिइएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा मानव सेवा आश्रमले काम गरिरहेको बताए ।
२०६८ साल भदौ १३ गते मानव सेवा आश्रमले मकवानपुरको हेटौँडाबाट मानवीय सेवा सुरुवात गरेको हो । अहिले २३ जिल्लामा ३४ वटा सेवा केन्द्र संचालनमा रहेका छन् । करिब २ हजार १ सय जना यसमा आश्रित छन् भने पोखरामा मात्रै २ सय ७५जना सहयोगापेक्षी संरक्षणमा रहेका अधिकारीले सुनाए ।
हेमजाको बाबियातहरा स्थित आश्रममा रहेका आश्रित सहयोगापेक्षीका लागि मासिक ३० लाख रुपैयाँ खर्च लाग्ने आश्रमले जनाएको छ । अहिलेसम्म विभिन्न संघ संस्था र नेपाल सरकारको सहयोगमा आश्रम र लक्ष्मीनारायण मन्दिर निर्माणमा १० करोड रुपैयाँ खर्च भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण