उडान रद्द भएपछि नेपाल एयरलाइन्सको कार्यालय अगाडि यात्रुहरूको प्रदर्शन
बिहीबार, १७ वैशाख २०८३, १३ : ३९
सारांश
- नेपाल वायुसेवा निगमले प्राविधिक कारणले दुबई लगायतका गन्तव्यमा हुने उडान रद्द गरेपछि यात्रुहरूले निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
- निगमले २०८३ वैशाख १७ गतेको उडान रद्द भएको सूचना जारी गरेपछि वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि जान लागेका यात्रुहरू अलपत्र परेका हुन्।
- यात्रुहरूले आफ्नो यात्रा सुनिश्चितताको माग गर्दै निगमसँग तत्काल वैकल्पिक उडानको व्यवस्था गर्न माग गरेका छन्।
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई लगायतका गन्तव्यमा हुने निर्धारित उडानहरू प्राविधिक कारण देखाउँदै रद्द गरेपछि आक्रोशित यात्रुहरूले बिहीबार निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
यात्रुहरूले आफ्नो यात्राको सुनिश्चितता माग गर्दै प्रदर्शन गरेका हुन्। निगमले २०८३ साल वैशाख १७ गतेको उडान प्राविधिक समस्याका कारण रद्द भएको सूचना जारी गरेपछि वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि जान लागेका यात्रुहरू अलपत्र परेका थिए।
प्रदर्शनका क्रममा यात्रुहरूले विमान कार्यालयसँग तत्काल वैकल्पिक उडानको व्यवस्था गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण