'डन ३' मा गाली गलौज र मारपिट चाहन्थे रणवीर सिंह ?
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहले निर्देशक फरहान अख्तरको फिल्म 'डन ३' छाडेपछि यस फिल्मबारे अनेकौँ अफवाह सुन्नमा आइररहेका छन् ।
रणवीरले फिल्ममा गाली गलौज र मारपिट प्रयोग गर्न चाहेको तर फरहानको असहमतिले दुवैबिच विवाद भएको खबर आएको छ । लगभग तीन वर्षअघि सुरु भएको यो परियोजना अहिले अलपत्र छ । रणवीर सिंहले परियोजना छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार रणवीरको बहिर्गमनका कारण फरहान अख्तरले लगभग ४० करोड रुपयाको नोक्सान बेहोरेका छन् ।
फ्री प्रेस जर्नलको एक रिपोर्टअनुसार रणवीर सिंह डनको चरित्रलाई अहिलेको समयसँग मेल खानेगरी अझ बढी हिंसात्मक र अँध्यारो बनाउन चाहन्थे । दर्शकहरूले रक्तपात र अपशब्दलाई मन पराउनेमा रणवीर विश्वस्त रहेको बताइएको छ । उनी डनको संवादमा अपशब्द प्रयोग गर्न चाहन्थे, तर फरहान अख्तर यसको कडा विरोधमा थिए ।
फरहान अख्तरले रणवीरलाई डन फ्रेन्चाइजीको आफ्नै गरिमा छ भनेर मनाउन खोजे । यस अघिका ‘डन’मा अमिताभ बच्चन र शाहरुख खानले अपशब्द प्रयोग गरेका थिएनन् । न त अनावश्यक हिंसामार्फत चरित्र चित्रण नै गरे । फरहानले आफ्नो मौलिक दृष्टिकोणमा सम्झौता गर्न चाहेनन् । डन एक स्टाइलिस र बाठो अपराधी थिए, सडकछाप गुन्डा होइन भनेर फरहानले रणवीरलाई सम्झाउन खाजे ।
दुई जनाबिच चर्काे बहस भयो र अन्ततः रणवीरले फिल्मबाट हात झिके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण