सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलात्कारपछि हत्या कसुरमा जेल, जेनजी आन्दोलनमा जेलबाट भागेर अर्को हत्या

बिहीबार, १७ वैशाख २०८३, २० : ३६
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • बलात्कार र हत्याको कसुरमा जेलमा रहेका सञ्जय बिकलाई प्रहरीले जेलबाट भागेर फेरि अर्को हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
  • सञ्जयले पूर्वी नवलपरासीमा एक वृद्ध दम्पतीमाथि टाउकोमा हतियार प्रहार गरी लुटपाट गर्दा वृद्धको मृत्यु भएको र उनकी पत्नी गम्भीर घाइते भएकी छन् ।
  • यसअघि सञ्जयलाई पोखरामा बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको सजाय सुनाइएको थियो र उनी जेन्जी आन्दोलनका बेला कारागारबाट फरार भएका थिए ।

काठमाडौँ । बलात्कार र हत्या गरेको कसुरमा जेल बसेका एक जना युवकले कारागारबाट भागेर फेरी अर्को हत्या गरेको थाहा भएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोलीले मंगलबार बागलुङको गल्कोट घर भएर पूर्वी नवलपरासीको गैँडाकोट बस्ने सञ्जय बिकलाई पक्राउ गरेको थियो ।

काठमाडौँको चावलिहबाट पक्राउ परेका ३१ वर्षीय सञ्जयले २०८२ चैत २३ मा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ स्थित टाँगीकोटका ७५ वर्षीय जिउनरा थनेतको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सञ्जयले जिउनराम र उनकी पत्नी ७१ वर्षीया गुलवसनिया थनेतलाई घरमा गएर टाउकोमा हतियार प्रहार गरेर लुटपाट गरेर भागेका थिए । उपचारको क्रममा जिउनरामको मृत्यु भएको थियो । गुलवसनिया को अवस्था गम्भीर छ । प्रारम्भिक अनुसन्धानबाट सञ्जयले हतियारले हिर्काएर दम्पतीलाई घाइते बनाएर गहना लुटेको थाहा भएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

घटना अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टर नेतृत्वको टिम नवलपरासी पूर्वमा पठाएको थियो । सञ्जय बिकले २०८० मंसिर ५ मा तनहुँ घर भएर पोखरा बस्ने ३९ वर्षीया सुकु बिकलाई पोखराको होटलमा बलात्कार गरेर हत्या गरेको थिए । सो घटनामा कास्की जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो । 

कैद भुक्तानको लागी कारागार कार्यालय कास्कीमा बसेका उनी २०८२ भदौ २४ मा जेनजी आन्दोलन हुँदा उनी फरार भएका थिए। आरोपी विरुद्ध हत्या मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको पूर्व नवलपरासीका एसपी युवराज खड्काले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप