लुम्बिनीमा बुद्ध जयन्तीको रौनक : भारतीय दूतावासद्वारा विविध कार्यक्रमको आयोजना
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको बुद्ध जयन्ती विशेष उत्सवका साथ मनाइएको छ। काठमाडौँस्थित भारतीय दूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू गर्दै यो दिवस मनाएको हो।

समारोहमा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर मुख्य अतिथिका रूपमा सहभागी भए। बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले बुद्धको जीवनी र शान्तिका सन्देशमा आधारित चित्रकला प्रदर्शनी गरेका थिए। भारत र नेपालका बौद्ध भिक्षुहरूले संयुक्त रूपमा शान्ति प्रार्थना र पाठ गर्दा लुम्बिनीको वातावरण आध्यात्मिक बनेको थियो।

साँझको समयमा आयोजित सांस्कृतिक कार्यक्रमले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो। भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को तर्फबाट दीप्ती गुप्ताको नेतृत्वमा आएको टोलीले बुद्ध धर्मको दर्शनमा आधारित कथक नृत्य प्रस्तुत गरेको थियो।
त्यसैगरी, नेपाली सरोद वादक सुरेशराज बज्राचार्य र उनको सांगीतिक ब्यान्डले प्रस्तुत गरेको धुनले कार्यक्रममा थप रौनक थपेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण