प्रथम महिला गोल्डकपको उपाधि पुलिसलाई
पोखरा । नेपाल पुलिस क्लबले पोखरा महिला गोल्डकपको प्रथम संस्करणको उपाधि जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछि रातो कार्ड पाएकी थिइन् ।
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् ।
उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त गर्यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण