‘राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छैन’
काठमाडौँ । संविधानविद् विपिन अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले सिफारिस गरेको अध्यादेश फिर्ता गर्ने अधिकार नभएको बताएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी नगरी फिर्ता पठाइदिएपछि अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
संविधानविद् अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘संवैधानिक राष्ट्रपतिलाई यस रूपमा कुनै पनि अध्यादेश फिर्ता गर्ने अधिकार छैन । अध्यादेश नियमित प्रक्रियाको विधेयक होइन ।’
राष्ट्रपतिले नभएको अधिकार दाबी गर्दा प्रधानमन्त्रीको कार्यकारी अधिकार प्रभावित हुने संविधानविद् अधिकारीले बताए ।
‘यस्तो उच्च तहबाट पनि संविधानको स्पष्ट रूपमा परिपालना हुँदैन भने संविधान कसरी सुरक्षित रहिरहन सक्छ ?’,उनले प्रश्न गर्दै अगाडि लेखेका छन् ।
गत वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको उक्त अध्यादेशको विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न आवश्यक भएकाे भन्दै राष्ट्रपति पाैडेलले सरकारलाई नै फिर्ता पठाइदिएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण