सिरहामा घरको रेलिङ भत्किँदा एक जनाको मृत्यु
सोमबार, २१ वैशाख २०८३, २१ : ०७
सिरहा। सिरहामा सोमबार साँझ आएको हावाहुरीका कारण घरको छतको रेलिङ भत्किँदा एक जनाको मृत्यु भएको छ।
इँटाको रेलिङ खसेर मिर्चैया नगरपालिका– ११ सितापुरकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको हो।
प्रहरीका अनुसार हावाहुरीकाले पाेल घरको छतमा खस्लदा इँटाको रेलिङ भत्किएर उनलाई गम्भीर चोट लागेको थियो।
घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो।
अचेत अवस्थामा उनलाई उपचारका लागि मिर्चैया अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी एवं प्रवक्ता रमेशबहादुर पालले बताए ।
डीएसपी पालका अनुसार उपचारका लागि उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण