पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
मङ्गलबार, २२ वैशाख २०८३, १० : ०४
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।
फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । यो टावरबाट फक्ताङलुङ गाउँपालिकासहितका नागरिक लाभान्वित हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण