अवैध खानी र क्रसर उद्योग तत्काल बन्द गर्न सांसद भण्डारीको माग
सारांश
- सांसद बदनकुमार भण्डारीले मापदण्ड मिचेर सञ्चालन गरिएका खानी तथा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न माग गरेका छन् ।
- उनले खानी तथा खनिज ऐन २०४२ र निर्देशिका २०५७ को पालना नभएको र उद्योगहरूले आफ्नो सीमाभन्दा बाहिर गएर सार्वजनिक जग्गा दोहन गरिरहेको बताए ।
- क्रसर उद्योगकै लापरबाहीका कारण गत वर्ष ७० भन्दा बढी मानिसको ज्यान गएको र नदीहरू प्रदूषित भएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ । सांसद बदनकुमार भण्डारीले मापदण्ड मिचेर सञ्चालन गरिएका खानी तथा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न माग गरेका छन् । मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले खानी र क्रसर क्षेत्रमा भइरहेको बेथितिप्रति आपत्ति जनाए ।
उनले खानी तथा खनिज ऐन २०४२ र निर्देशिका २०५७ को पालना नभएको भन्दै उद्योगहरूले आफ्नो सीमाभन्दा बाहिर गएर सार्वजनिक जग्गा दोहन गरिरहेको बताए ।
उनले भने, 'नवीकरण नभएका उद्योगहरू कुन आधारमा चलिरहेका छन् ? सरकारले यस्ता अवैध उद्योगलाई तत्काल बन्द गराउनुपर्छ ।'
क्रसर उद्योगकै लापरबाहीका कारण गत वर्ष ७० भन्दा बढी मानिसको ज्यान गएको र प्राकृतिक प्रकोप बढेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले नदीहरू प्रदूषित भएको र गाउँबस्ती नै जोखिममा परेको उल्लेख गर्दै मन्त्रालयलाई नवीकरण नभएका उद्योगहरूको विवरण पेश गर्न र मापदण्ड नपुगेकालाई कारबाही गर्न निर्देशन दिए ।
उनले भने, 'अवैध रूपमा उद्योग चलाएर नागरिकको ज्यान लिने र राज्यलाई नोक्सान पुर्याउने काम अब बन्द हुनुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण