सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका क्रममा भेटिएको शव डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको छ।
पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए।
महानिर्देशक लामिछानेले पहिचान खुल्न नसकेको उक्त शवलाई हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको बताए।
विभागले विगतमा सगरमाथा क्षेत्रमा आरोहणका क्रममा बेपत्ता भएका स्वदेशी वा विदेशी आरोही तथा सहयोगी कामदारका बारेमा कुनै जानकारी भएमा विभागमा उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण