कास्कीका रुग्ण र अधुरा आयोजना पूरा गर्न सङ्घ सरकारको ध्यानाकर्षण
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका रुग्ण र बहुवर्षीय अधुरा आयोजनालाई आगामी वर्ष पूरा हुने गरी बजेट व्यवस्था गर्न माग गरेको छ ।
मङ्गलबार बसेको ४८औँ बैठकले विगतका वर्षमा बजेट शीर्षकमा परेर पनि निर्माण पूरा नभएका आयोजनालाई आगामी वर्ष सम्बोधन गर्न माग गर्ने निर्णय गरेको हो ।
जिल्लाभर करिब २ दर्जन यस्ता आयोजना छन् । पर्याप्त बजेटको अभाव, निर्माण कम्पनीको चरम लापरबाही र अन्य विभिन्न कारणले अलपत्र परेका आयोजनाहरूको अवरोध पहिचान गरी तत्काल काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको जिसस प्रमुख लिलाधर पौडेलले बताए ।
‘बजेट विनियोजन गरेर, अवरोधका कारणहरू हटाई यथाशीघ्र निर्माण सम्पन्न गर्ने गरी अगाडि बढाउन हामीले सिफारिस गरेका छौँ,’ उनले भने ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भवन निर्माण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन, सराङकोट स्वास्थ्य चौकी भवन र भगरा कृषि सडक मोटरबाटो निर्माण अधुरा छन् ।
यस्तै, पुल सेक्टर पोखरा कार्यालय मातहत सञ्चालित आयोजनाहरूमा भइरहेको ढिलासुस्तीप्रति बैठकले चासो व्यक्त गरेको छ । आर्थिक वर्ष २०७४/७५ मै सुरु भएको सेती नदीमाथिको बगर–फूलबारी जोड्ने पुल तथा पोखरा ३० र ३३ जोड्ने मुसेटुँडा पावरहाउसको पुल निर्माणमा भएको ढिलाइबारे कारणसहित सहरी विकास मन्त्रालयलाई पत्राचार गरिएको छ ।
पोखरा २१ र १७ जोड्ने दम्सादी पुल, पोखरा १३ र २८ जोड्ने कसेरीस्थित निर्माणाधीन विजयपुर खोलाको पुल, कास्कीको अन्नपूर्ण र पर्वतको मोदी गाउँपालिका जोड्ने भुरुङ्दी पुल, पोखरा २५ र १९ जोड्ने जीर्ण सेती दोबिल्ला घाटको पुल तथा पोखरा ४ र ५ जोड्ने फिर्के खोला पुलको निर्माण कार्य तत्काल अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
जिससले मुग्लिन–पोखरा सडक स्तरोन्नतिको बाँकी काम, सेती नदीमाथिको पुल निर्माण र मध्यपहाडी लोकमार्गको कास्की खण्डको बाँकी काम छिटो सक्न आग्रह गरेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ र कास्कीको सिमानामा ट्रयाक खोल्ने कार्य तत्काल अगाडि बढाउन भनिएको छ । कास्कीतर्फको खण्डमा पनि केही ट्र्याक खुल्न बाँकी छ भने स्तरोन्नति सुस्त भइरहेको छ ।
यसबाहेक पोखराको पर्यटन र अर्थतन्त्रसँग जोडिएको अन्तर्राष्ट्रिय हवाई उडानबारे पनि जिससले सरकारको ध्यानाकर्षण गराएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न र महेन्द्रनगर तथा नेपालगन्ज हुँदै पोखरा जोड्ने हवाई मार्गको पहुँच विस्तारका लागि आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारसँग विशेष आग्रह गरिएको प्रमुख पौडेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण